सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा सूचनाको हक सम्वन्धी अनुशिक्षण

सूचनामा सर्वव्यापी पहुँच सम्वन्धी अन्र्तराष्ट्रिय दिवस आज नेपालगन्जमा पनि मनाइएको छ । दिवसका अवसरमा युवा विद्यार्थीहरुलाई सूचनाको हकका बारेमा अभिमुखीकरण गराइएको छ ।

सूचना र मानव अधिकार अनसन्धान केन्द्र नेपालगन्जको आयोजनामा लोटस इंग्लिस मिडियम हाई स्कुलका कक्षा ९ र १० का विद्यार्थीहरुलाई सूचनाको हक बारेमा जानकारी गराइएको छ ।

अभिमुखीकरणमा अधिबक्ता सुदिप भटराई, सूचना अभियन्ता राकेश मिश्र, रविन्द्र ज्ञवाली र शैलेन्द्र कुमार बैश्यले सूचनाको हक भनेको के हो, यसको प्रयोग, फाइदा, सार्वजनक निकाय, सूचना दिने लिने प्रक्रिया, राष्ट्रिय सूचनाको काम कर्तव्य अधिकार, सार्वजनिक सरोकारका सवाल लगायतका बारेमा जानकारी गराउनु भएको थियो ।

संस्थाका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक राजिबराज शर्मा, प्रिन्सिीपल तपन शर्माले सूचनाको हकका बारेमा बाल्दै विद्यालयले सूचनाको हकलाई पुर्ण पालना गर्ने प्रतिबद्धता गर्दै विद्यालयका सम्पुर्ण क्रियाकलाप पारदर्शी रुपमा सबैलाई जानकारी गराउने बताउनुभयो ।

अनुशिक्षणमा करिब ४० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । नेपालमा सूचनाका हक सम्वन्धी ऐन आएको करिब १४ वर्ष बढी भईसक्दा समेत पुर्ण रुपमा कार्यन्वयन नभएको प्रति सूचना अभियन्ताले चिन्ता व्यक्त गरेका छन ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार १८:४१