सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचनको काममा संलग्न कर्मचारीले के-के गर्न पाउँदैनन् ?

निर्वाचनको काममा संलग्न कर्मचारीहरुले पनि निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने भएको छ ।

आयोगले बुधबारबाट निर्वाचन आचारसंहिता लागु गर्ने भएपछि निर्वाचनको काममा संलग्न कर्मचारीहरुले ५ वटा आचारसंहिताको पालना गर्नुपर्नेछ ।

जसमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसार हुन नपाउने, कुनै राजनीतिक दल वा उम्मेदवारलाई कार्यालय भवन,सवारी साधन वा अन्य सामग्री प्रयोग गर्न नदिने, निर्वाचनलाई प्रतिकुल असर गर्नेगरी सामाजिक सञ्जालमा लेख्न तथा प्रतिक्रिया दिन नहुने, निर्वाचन प्रयोजन बाहेकका सुचना वा जानकारी दल र उम्मेदवारहरूलाई दिन नहुने तथा निर्वाचनसम्बन्धी गर्दा कसैको पक्ष विपक्षमा लाग्न नहुने आचरणको पालना गर्नुपर्नेछ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलवार १८:०९