सूचनाको शक्ति - The Power Of Information

        

नेपाल भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही २८ वैशाख नेपाल भ्रमणमा आउने भएको छ । मोदी दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं आउनु हुने निश्चित भएको हो । भारतले प्रस्ताव गरेकै तिथिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अनुमोदन गरेपछि मोदीको नेपाल आउने दिन टुंगो लागेको बालुवाटार स्रोतले जनाएको हो । यद्यपि यसको औपचारिक घोषणा भने गरिएको छैन । मोदी तेस्रो पटक नेपाल भ्रमणमा आउन लाग्नु भएको हो । नेपालले भारतीय पक्षले तय गरेको मितिलाई नै स्वीकारेको हो । यो भ्रमणले प्रधानमन्त्रीको चीन यात्रा भने पछाडि धकेलिने भएको छ । यद्यपि, प्रधानमन्त्री बेइजिङ जाने तिथि भने तय भइसकेको छैन । आगामी शुक्रबार मोदी चीन जाँदै छ । बेइजिङबाट फर्केको एक सातापछि नेपाल आउन लागेको होे । भ्रमणको तयारीका लागि सुरक्षा निकायका टोलीसहितको भारतीय पक्ष नेपाल आइसकेको दावी गरिएको छ । शिष्टाचार महापालसहितको टोली भने केही दिनपछि आउने बताइएको छ । भारतीय प्रधानमन्त्री मोदी यस पटक भने जनकपुर समेत जानुहुनेछ । १२ विगाहमा नागरिक अभिनन्दन गर्ने जनाइएको छ । दुबै देशका प्रधानमन्त्रीले अरुण तेस्रोको शिलान्यास पनि गर्ने छ । समय मिलेमा मोदीलाई मुक्तिनाथ पनि लैजाने गृहकार्य पनि थालिएको परराष्ट्रका अधिकारले बताएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७५, मंगलवार ०७:२८