सूचनाको शक्ति - The Power Of Information

        

आज विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाइदै

काठमाडौं । ऐतिहासिक लोकतान्त्रिक आन्दोलन सफल भएको १२ वर्ष पूरा भएको छ । १९ दिने जनआन्दोलनले सफलता प्राप्त गरेको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाइ“दै छ । यस अवधिमा जनताका राजनीतिक माग पूरा भए पनि जनजीविकाका मुद्दा भने अझै सम्बोधन हुन सकेका छैनन् ।  २०६२ साल चैत २६ बाट सुरु भएको आन्दोलन १९ दिनपछि अर्थात् २०६३ साल वैशाख ११ गते सफलता प्राप्त गरेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी सत्ता र शक्ति आफ्नो हातमा लिएपछि तत्कालीन सात दलले विघटित प्रतिनिधि सभा पुनःस्थापनाको माग बोकेर सडकमा ओर्लिएका थिए ।
कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको अडानले बैशाख ११ गते पूर्णरुप पाएको थियो । जनताको हातमा आफूले लिएका सबै शक्ति र सत्ता फर्काउन राजा ज्ञानेन्द्र सहमत भएपछि आन्दोलन टुंगिएको थियो । २०६२÷६३ मा भएको जनआन्दोलनमा २५ जना नेपाली सपूतले जीवन बलिदान दिए भने थुप्रै घाइते भए ।
राजा ज्ञानेन्द्रले मुलुकमा निरंकुश शासन लादेपछि विपरीत ध्रुवमा मुख फर्काएर बसेका संसद्वादी सात राजनीतिक दल र माओवादी दिल्ली सम्झौतापछि एउटै विन्दुमा उभिएर लोकतान्त्रिक आन्दोलन सुरु भएको थियो । दिल्लीमा सात दल र माओवादीबीच निरंकुश राजतन्त्र अन्त्य गरी लोकतन्त्र स्थापना गर्न १२ बुँदे समझदारी भएपछि अगाडि बढेको शान्तिपूर्ण आन्दोलनमार्फत् नेपालीले लोकतन्त्र प्राप्त गरेका हुन् । यसक्रममा २०६४ सालको पहिलो संविधानसभाको बैठकले २०६५ साल जेठ १५ गते मुलुकबाट अढाई सय वर्षको इतिहास बोकेको राजतन्त्र सदाका लागि अन्त्य ग¥यो । यो घोषणासगै राजा ज्ञानेन्द्रले राजाहरुको निवास अर्थात् नारायणहिटी दरवारबाट बिदा लिँदा एक दशक लामो माओवादी सशस्त्र हिंसाले शान्तिपूर्ण राजनीतिक मोड लिन पुग्यो ।
यस अवधिमा दोस्रो संविधानसभाबाट मुलुकले नया“ संविधान प्राप्त गरी कार्यान्वयन भइसकेको छ । स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन भएका छन् । नया“ जनप्रतिनिधिले काम शुरु गरिसकेका छन् । तर, सत्य निरुपण तथा मेलमिलाप, वेपत्ता छानबिन आयोग गठन गरिए पनि त्यसको कामको प्रगति सन्तोषजनक छैन ।
यस अवधिमा जनताका राजनीतिक माग पूरा भए पनि ती जनतास“ग जोडिएका जनजीविकाका मुद्दा भने अझै पनि आशातित प्रगति हुन सकेको छैन । राजनीतिक प्रणाली फेरिए पनि मह“गी, अभाव, बेरोजगारी जस्ता मुद्दा जस्तातस्तै छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७५, मंगलवार ०६:५९