सूचनाको शक्ति - The Power Of Information

        

आजको मौसम : पाँच प्रदेशमा वर्षाको सम्भावना

आज बिहान देशभर बदली छ । केही क्षेत्रमा वर्षासमेत भइरहेको छ ।

दिउँसो प्रदेश–१, मधेश, बागमती, गण्डकी र कर्णालीका थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति प्रदेश–१ र मधेश प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

मंगलबार प्रदेश–१, बागमती र गण्डकीका थोरै र बाँकी प्रदेशहरूका एक/दुई स्थानमा वर्षाको आँकलन गरिएको छ ।

बुधबार प्रदेश–१, बागमती र गण्डकीका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार ०७:५०