सूचनाको शक्ति - The Power Of Information

        

स्पेन घरेलु मैदानमै पराजित

यूईएफए नेसन्स लिग फुटबलमा स्पेन घरेलु मैदानमै पराजित भएको छ ।

समूह चरण अन्तर्गत शनिबार राति स्पेनलाई स्वीट्जरल्याण्डले २–१ ले हराएको हो ।

स्वीट्जरल्यान्डको जितमा म्यानुयल एकान्जी र ब्रेल एम्बोलोले गोल गरे । स्पेनका लागि जोर्डी अल्बाले एक गोल फर्काए ।

खेलको २१ औं मिनेटमा एकान्जीले गोल गर्दै स्वीट्जरल्याण्डलाई अग्रता दिलाएका थिए । ५५ औं मिनेटमा अल्बाले गोल गर्दै स्पेनलाई १–१ को बराबरीमा ल्याए । तर, ५८ औं मिनेटमा ब्रेलले गोल गर्दै स्वीट्जरल्याण्डलाई २–१ को जित दिलाए ।

नेशन्स लिगकै अर्को खेलमा सर्वियाले स्विडेनलाई ४–१ ले पराजित गरेको छ । आफ्नै मैदानमा भएको खेलमा सर्वियालाई विजयी गराउन अलेक्सान्दर मित्रोभिचले ह्याट्रिक गर्दा सासा लुकिचले एक गोल थपे । पराजित टोली स्विडेनका भिक्टर क्लेइसनले एक सान्तोना गोल गरे ।

नेशन्स लिगका अन्य खेलहरुमा युक्रेनले अर्मेनियालाई ५–० ले हराउँदा स्कटल्याण्डले रिपब्लिक अफ आयरल्याण्डलाई २–१ ले तथा स्लोभेनियाले नर्वेलाई २–१ ले हराएका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतवार ०८:३५