सूचनाको शक्ति - The Power Of Information

        

झापामा ठूलो वर्षा, दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन आग्रह

झापाको केचना, चन्द्रगढी, विर्तामोड, शनिश्चरे, कन्काई, गैडेलगायत इलामको सीमा आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ ।

यी क्षेत्रमा थप ठूलो वर्षाको अनुमान गरिएको छ ।

यसले मेची, बिरिङ, निन्दा, बक्राह, मावा रतुवा, अदुवाखोलालगायत झापाका साना खोलामा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेकाले दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतवार ०७:५९