सूचनाको शक्ति - The Power Of Information

        

मेयर बालेनको कविता : टुकचा उत्खनन नरोक्ने संकेत

काठमाडौँ महानगर पालिकाका मेयर बालेन साहले टुकुचा खोला उत्खनन नरोकिने संकेत गरेका छन्।

उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनेका संरचना नभत्काउन अल्पकालीन आदेश जारी गरे पछि उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोख्दै आएका छन् ।

यसअघि उनले उच्च अदालत पाटनको फैसलाप्रति लक्षित गर्दै नेपाललाई नेपाल देश भनेर कसरी प्रमाणित गर्नुहुन्छ ? भनेर सोधेका थिए। त्यसको २४ घण्टापछि उनले कविता लेख्दै टुकुचा उत्खनन नरोकिने बताएका छन्।

उनको कविता यस्तो छ :

ऊ हराएको छैन
ऊ बगिरहन्छ
तिम्रो सास रहेसम्म
तिम्रो आस रहेसम्म
तिम्रो अर्थी सेलाइन्जेल
हाम्रो लाश बहेसम्म
निरन्तर, निर्विरोध, निर्दोष
यो धर्ती, आकाश रहेसम्म।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार ०७:४८