सूचनाको शक्ति - The Power Of Information

        

सत्तारुढ गठबन्धनको बैठक:

सत्तारुढ गठबन्धनको बैठक बस्दै, राष्ट्रपतिको कदमबारे छलफल

प्रतिनिधिसभाको सिट बाँडफाँटबारे पनि छलफल

सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले केहीबेरमा बस्ने बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल हुने नेताहरुले बताएका छन् ।

संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हो । सभामुखले २० भदौमा पठाएका थिए । तर मंगलबार मध्यरातसम्म पनि विधेयक प्रमाणीकरण भएन ।

बैठकमा प्रतिनिधिसभाको सिट बाँडफाँटबारे पनि छलफल हुने छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार ०८:०२