सूचनाको शक्ति - The Power Of Information

        

सर्वोच्च फर्कदै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र

सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अदालत फर्कने भएका छन् ।

आफूविरुद्धको महाभियोग सिफारिस समितिले प्रतिवेदन सभामुखलाई बुझाएको र प्रतिनिधिसभाको कार्यकाल सकिएको भोलिपल्ट अदालत फर्कन लागेका हुन् ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रले कामु मुख्य रजिष्ट्रारलाई आफू आउने भन्दै तयारी गर्नका लागि सूचना दिएको स्रोतले जानकारी दिएको छ ।

यता चोलेन्द्र फर्कने सूचना पाएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा सतर्का बढाइएको छ । सरकारले प्रहरी लगाएर चोलेन्द्रलाई रोक्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतवार ०९:५४