सूचनाको शक्ति - The Power Of Information

        

कपिलवस्तुमा ३.९ किलोग्राम लागू पदार्थसहित एक जना पक्राउ

कपिलवस्तुको कृष्णनगरबाट लागू पदार्थसहित मोमत जोगीलाई प्रहरीले पक्राउ गरेकाे छ ।

जोगीले झोलाभित्र लुकाई राखेको चरेस जस्तो देखिने कालो पदार्थसहित उनी पक्राउ परेका हुन् । जोगीसँग झोलासहित ३.९ किलोग्राम चरेस जस्तो देखिने कालो पदर्थ बरामद गरिएको सशस्त्र प्रहरी बल (बिओपी) कृष्णनगरले जनाएको छ ।

बिओपी कृष्णनगरका प्रहरी निरीक्षक जोगेन्द्र केसीको कमान्डमा खटिएको टोलीले जोगीलाई शनिबार साँझ करिब ४ बजे कृष्णनगर नगरपालिका-३ लक्ष्मीनगरबाट पक्राउ गरेको हो ।

दाङ जिल्लाको घोराही उप–महानगरपालिका–१० नरैनापुर बस्ने २७ वर्षीय मोमत जोगीलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका डिएसपी मेघराज जोसीले बताउनुभएकाे छ ।

पक्राउ परेका जोगीलाई कारबाहीका लागि ईलाका प्रहरी कार्यालय कृष्णनगरलाई बुझाएको डिएसपी जोसीले जानकारी दिनुभएकाे हाे । अहिले जोगीलाई अनुसन्धान प्रकृया अगाडि बढाएको उहाँले बताउनुभयाे

त्यस्तै शनिबार साँझा भारतको बढनीस्थित एसएसबिले लगभग १.५ किलोग्राम चरेस जस्तोदेखिने कालोपदार्थसहित ५ जना नेपाली नागरिकलाई समेत पक्राउ गरेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतवार ०९:३०