सूचनाको शक्ति - The Power Of Information

        

प्राकृतिक प्रकोपको पीडा

बाढीपहिरोको कहर : कतै डुवान त कतै मानवीय क्षति (फोटो कथासहित)

अछाममा बाढीपहिरोमा परेर १७ जनाको मृत्यु

सुदूरपश्चिमको अछाममा बाढीपहिरोमा परेर १७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै देशका अन्य जिल्लाहरुमा पनि बाढी पहिरोका कारण जनजीवन प्रभावित भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ स्थित अम्वेश्वरी माविमा डुवान भएको छ ।

स्थानीय तुई खोलामा आएको बाढीले विद्यालय भवन डुवानमा परेका हो । त्यस्तै विगत तीन दिनदेखि परेको अबिरल वर्षाका कारण शनिबार बुटवल उपमहानगरपालिका–११ मजुवास्थित तिनाउ नदीमा बढेको पानीको सतह बढेको छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ स्थित बाढीले वनहरा नदी माथिको तिलकी र देखभूली जोड्ने झोलुङ्गे प्रभावित बनाएको छ । दुई वर्ष निर्माण भएको पुल गएरातिको बाढीले क्षति पुर्याएको हो ।

शुक्लाफाँटा नगरपालिका १२ स्थीत दुवाहाका डुवानमा परेका परिवारलाई आज विहान सुरक्षित स्थानमा लैजादै सुरक्षाकर्मी । डुवानमा परेका परिवारको उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस

शुक्लाफाँटा नगरपालिका १२ स्थीत वनहरा नदी माथिको तिलकी र देखभूली जोडने बाढीले क्षति पुरयाएको झोलुङ्गे पुल । दुई वर्ष अघि बनेको पुल गएरातीको बाढीले क्षति पुरयाएको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस

शुक्लाफाँटा नगरपालिका १२ स्थीत वनहरा नदी माथिको तिलकी र देखभूली जोडने बाढीले क्षति पुरयाएको झोलुङ्गे पुल । दुई वर्ष अघि बनेको पुल गएरातीको बाढीले क्षति पुरयाएको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस

विगत तीन दिनदेखि परेको अबिरल वर्षाका कारण शनिबार बुटवल उपमहानगरपालिकाको वडा.न. ११ मजुवास्थित तिनाउ नदीमा आएको बाढी । तस्वीर : सुमित्रा अधिकारी/रासस

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ स्थित अम्वेश्वरी मावि डुवानमा । स्थानीय तुई खोलामा आएको बाढीले विद्यालय भवन डुवान गरेको हो । तस्वीर : दीपक बोहरा/रासस

मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने सोल्मास्थित छेपेखोलामा गएको पहिरो अनुगमन गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई । पुल निर्माणका लागि जग खन्ने क्रममा पहिरो जाँदा उक्त सडकखण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ । तस्वीर : केदार मगर/रासस

अविरल वर्षापछि कैलालीको भजनी नगरपालिका वडा नं.८ को सोनाफाँटामा आएको बाढी । स्थानीयवासी घर छोडेर हुलाकी सडकमा आउन थालेका छन् भने धानखेती डुबानमा परेको छ । तस्वीर : झलनाथ खनाल/रासस

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार १५:१५