सूचनाको शक्ति - The Power Of Information

        

प्रत्यक्ष प्रशारण

प्रतिनिधिसभाको अन्तिम बैठक, शीर्ष नेताको सम्बोधन (लाइभ)

प्रतिनिधिसभाको कार्यकाल पनि आजै मध्यराती १२ बजेदेखि सकिनेछ ।

प्रतिनिधिसभाको अन्तिम बैठक अहिले बसिरहेको छ । मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन कार्यक्रम अन्तर्गत समानुपातिकको बन्दसूची बुझाउनुअघि प्रतिनिधिसभाको कार्यकाल पनि आजै मध्यराती १२ बजेदेखि सकिनेछ ।

निर्वाचन कार्यक्रम अन्तरगत भोली असोज २ र ३ गते समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्द सूची बुझाउने कार्यक्रम रहेकाले आजै रातीदेखि संसद्को कार्यकाल सकिनेछ । सरकारले संघीय संसदको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष हिजै सिफारिस गरिसकेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार १५:००