सूचनाको शक्ति - The Power Of Information

        

वैशाख मसान्तसम्ममा टेस्ट उडान गर्ने तयारी, विमानस्थलको धावनमार्ग कालोपत्रे सम्पन्न

काठमाडौं । झण्डै १६ महिनापछि विमानस्थलको धावनमार्ग कालोपत्रे सम्पन्न भई कम्पाउण्ड घेर्ने, कार्यालय मर्मत, रंगरोगनका काम समेत अन्तिम चरणमा पुगेको काम सकिएलगत्तै नेपाल नागरिक उडड्यन प्राधीकरणले अनुगमन गरेपछि वैशाख मसान्तसम्ममा टेस्ट उडान गर्ने तयारी भइरहेको प्राधीकरणका प्रोजेक्ट इन्जिनियर राम एकवाल महतोले जानकारी दिए ।
विमान सेवा पुनः संचालन हुने खबरले स्थानीय र व्यवसायी पनि उत्साहित भएको सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुणकुमार प्रधानले बताए ।  नेपाल नागरिक उडड्यन प्राधीकरणमार्फत रमण कान्छाराम देव एण्ड शेयर जेभी कन्स्ट्रक्सनले २०७३ असोज १६ गते विमानस्थलको ‘रन वे’ निर्माण गर्ने काम पाएको थियो । विमानस्थलको एक हजार ५ सय मिटर लम्बाई र ३० मिटर चौडाई धावनमार्गको कालोपत्रेका लागि ३० करोड ३० लाख ७४ हजार रुपैयाँ सम्झौता गरिएको थियो । सम्झौता भए बमोजिम २०७४ साल मंसिर मसान्तमै काम सकाइनुपर्नेमा ठेकेदारले चार महिना ढिलो काम सकाएको हो । तत्कालीन जिल्ला विकास समिति सप्तरीको कार्यालयमार्फत २ करोडको लागतमा का“डे तारबाट विमानस्थल क्षेत्र घेराउ गर्ने कामसमेत सम्पन्न भइसकेको छ । विमानस्थलमा रहेको विभिन्न साना–तिना पानी निकासीका लागि कल्भर्ट, मूल ढोका अगाडि कालोपत्रे, रंगरोगन तथा मर्मतका कामसमेत अन्तिम चरणमा पुगेको छ । राजविराज नगरपालिकाबाट चार किलोमिटर दक्षिणमा पर्ने विष्णुपुर गाउ“ पालिकामा अवस्थित ५५ विगाहा क्षेत्र ओगटेको राजविराज विमानस्थल धावन मार्गकै कारण वर्षा याममा पटक–पटक बन्द ह“ुदै आएको थियो । विसं २०१६ सालमा तत्कालीन मन्त्री गणेशमान सिंहले उद्घाटन गरेको विमानस्थलमा २०५२ साल वैशाखबाट विमान उडान सेवा रोकिएको थियो । विमानस्थल कालो पत्रे नहुनाले २१ वर्षमा पटक–पटक विमान सेवा संचालन र रद्द हुँदै आएको छ । अन्तिम पटक विसं २०६५ सालमा परीक्षणकालका लागि तारा एयरले केही दिन विमान संचालन गरेको थियो । उक्त एयरले पनि यात्रुको अभाव देखाउँदै विमान सेवा बन्द गरेपछि राजविराज विमानस्थलको धवनमार्ग गौचरनमा मात्र सीमित भएको थियो । अब भने बिगतको जस्तो नियति नदोहोरिनेमा स्थानीय आशावादी छन् ।

प्रकाशित मिति : १० बैशाख २०७५, सोमबार ०६:५८