सूचनाको शक्ति - The Power Of Information

        

राजीव लामाले गोल्डेन वीकको अवसरमा जापानमा सांगितिक कार्यक्रम गर्ने

जापानमा बस्दै आएका नेपालीहरुले जापानमा गोल्डेन वीकको अवसरमा धुमधामसंग नेपाली संगितसंग लठ्ठीने निक्यौल गरेकाछन् । त्यसको चाजोबाजो मिलाएकाछन् बिगत १२ बर्षदेखि जापानमा बस्दै आएका नेपाली संगितका आईडल पर्सन राजीव लामाले । जापानको नागोयामा बस्दै आएका लामाले यसपटक म्यूजिक इभेण्ट अर्गनाईजेशन मार्फत नागोयालाई नेपाली संगितमय बनाउने भएकाछन् र नेपालीसंग जापानिजहरुलाई पनि नेपाली संगित मार्फत मनोरञ्जन दिने भएकाछन् । गोल्डेन वीकको अवसरमा जापानमा एक हप्ता बिदा दिने चलन छ । यसलाई उपयोग गर्दे लामाले सांगितिक कोशेली पस्कने निर्णय गरेका हुन् । त्यसो त नेपाली गित संगित भने पछि हुरुक्कै हुने जापानीजहरु पनि धेरैछन् । नेपाल म्यूजिक इभेण्ट अर्गनाईजेशनका प्रमुखसमेत रहेका राजीव लामाले बिभिन्न अवसर पारेर जापानमा सांगितिक कार्यक्रम गर्दे आएकाछन् । यस पटकको सांगितिक माहोल भने बिगतको भन्दा फरक हुने छ र झन रमाईलो हुने छ । लामाले यस पटकको इभेन्टमा जापानमा बस्दै आएका नेपालीहरुलाई निम्तो दिई सकेकाछन् । सबै जना यस पटकको इभेन्टमा आउनेछन र संगितमा हराउनेछन अनि संगित मार्फत नेपाल पुगेको अनुभुति गर्न पाउनेछन् राजीव लामाले भने ।
यस पटक जापानमा हुने सांगितिक माहोल तताउनको लागि नेपालको मेलोडियस पप गायक नितेशजंग कुवर, चर्चित र्यापर भिटेन डिजे शुस्याङ जापान पुगि सकेकाछन भने श्याम शितल, मिरा थापा, छवि लामा र जापानमा सांगितिक चर्चाका पात्र राजीव लामाको बेजोड प्रस्तुतिमा साथमा साथ दिनेछन् । राजीव लामाले नेपालका कलाकारलाई बोलाएर जापानमा नेपाली संगितको उचाई बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएकाछन् । उनले यसलाई उपयोग गर्दे उन्को टोकीयो शहरको बोलको गित पनि बिमोचन त्यसै शुभ दिनमा गर्देछन् । उन्ले जापानमा बसेर नेपालमा र जापानमा छाँयाकंन गरेका म्युजिक भिडियो पनि बजारमा ल्याई सकेकाछन् । लामाको रहर अब नेपालमा आएर सांगितिक प्रस्तुति दिने छ । भन्छन चाडै नेपाल आउने छु ।

प्रकाशित मिति : १० बैशाख २०७५, सोमबार ०६:१६