सूचनाको शक्ति - The Power Of Information

        

७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा पक्राउ

बाजुरामा ७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

बलात्कार आरोपमा बुढीगंगा नगरपालिका ६ का ४० वर्षीय बिष्णु भारतीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले विहीवार पक्राउ गरेको हो ।

उनले ७० वर्षीया बृद्धामाथि बलात्कार गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो । त्यसको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अशक्त बृद्धामाथि बुधबार राति बलात्कार भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार १९:३१