सूचनाको शक्ति - The Power Of Information

        

संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

सरकारले संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले भोलि (शनिवार) राति १२ बजेदेखि संसद्को अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो । यसअघि राजनीतिक दलहरूबीच संसद्को कार्यकालबारे विवाद रहेको थियो ।

सरकारले आउँदो चुनावबाट गठन हुने संसद्को पहिलो बैठक बस्नु अघिसम्म यो संसद्को कार्यकाल कायम हुने गरी कानुन संशोधन गर्न संसदमा विधेयक ल्याएकोमा विरोध भएपछि फिर्ता लिएको थियो ।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले आउँदो आइतवार र सोमवारका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने कार्यक्रम तोकेको छ ।

समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने अघिल्लो दिनसम्म चालु संसद्को कार्यकाल रहने व्यवस्थाअनुसार भोलि राति १२ बजेपछि संसद्को कार्यकाल सकिँदैछ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार १८:१२