राजनीतिक अस्थिरता र मूल्यवृद्धिको प्रभावले जुम्लामा नुनको चरम अभाव देखिएको छ । गत भदौ २३ गते साल्ट ट्रेडिङ उपशाखा, जुम्लामा नुन लिनेको बाक्लो भीड थियो ।
नुनका लागि एकै दिन झन्डै १ हजारभन्दा बढी नागरिक लाइनमा बसेको त्यो भीडले डेढ दशक पहिलाको जुम्लाको परिस्थितिलाई झल्काएको थियो । जति बेला जुम्लामा एक पोका नुन र एक किलो चामलका लागि नेताको पाउ मोल्नुपर्ने, प्रहरीको लाठी खानु, सहनुपर्ने र हप्ता दिनसम्म लाइन बस्नुपर्ने बाध्यता थियो ।
डेढ दशकपहिले कर्णालीको खाद्यान्न र नुनमा समेत चरम राजनीति हुन्थ्यो । अझ नुन र चामलका लागिसमेत अनिवार्य कार्यकर्ता बन्नुपथ्र्यो ।
कर्णाली राजमार्गको स्तरवृद्धियता कर्णालीमा नुन चामलको राजनीति अन्त्यसँगै नागरिकले सुविधा महसुस गरेको केहि वर्ष नबित्दै फेरि कर्णालीको दुर्गम जिल्ला जुम्लामा नुनको पिरलो हुन थालेको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
सत्यपाटी । जुम्ला ।