सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

अबको तीन दिन बाँकेसहित १३ जिल्ला बाढीको उच्च जोखिममा

सतर्कता अपनाउन आग्रह

फाइल तस्वीर

 अबको तीन दिन पश्चिमी क्षेत्रका नदीमा बाढी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ ।

नदी तटीय क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका डुबान भइरहने होचा ठाउँमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो ।

महाशाखाका अनुसार गुल्मी, प्युठान, बाग्लुङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, अछाम, डोटी, कैलाली, कञ्चनपुर, डडेलधुरा र बैतडीमा उच्च जोखिम छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार ०९:४०