सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले न्याय परिषद् र न्याय सेवा आयोगको २०७७–०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

आजै राष्ट्रियसभाको बैठक पनि बस्ने संसद् सचिवालयले जनाएको छ । अपराह्न ३ बजे बस्ने बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार ०९:०५