सूचनाको शक्ति - The Power Of Information

        

चामलको मूल्य प्रतिकेजी १५ रुपैयाँ बढ्यो

भदौ लागेपछि चामलको मूल्य प्रतिकेजी १५ रुपैयाँले बढेको छ ।

भारतले चामल निर्यातमा कडाई गर्दैछ भन्ने संकेत पाएपछि थोक बिक्रेताले भदौ पहिलो सातादेखि नै चामलको मूल्य बढाएका हुन् ।

 भदौ लागेपछि चामलको उपभोक्ता मूल्य प्रतिकेजी १५ रुपैयाँसम्म बृद्धि भएको किराना व्यापार संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले जानकारी दिए ।

थोक बिक्रेताले चामलको मूल्य बढाएर पठाएकाले खुद्रा पसलमा पनि मूल्य बढेको अध्यक्ष श्रेष्ठको भनाई छ । यस्तै, खुद्रा व्यापार संघका पूर्व अध्यक्ष पवित्र बज्राचार्य पनि चामलको खुद्रा मूल्य प्रतिबोरा २ सय रुपैयाँदेखि ४ सय रुपैयाँसम्मले बढिसकेको बताउँछन् ।

भदौ पहिलो साता नै चामलको मूल्य बढ्नुको कारण भारतले निर्यातमा कडाई गर्दैछ भन्ने अनुमानका आधारमा भएको बुझिन्छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलवार ०९:१९