सूचनाको शक्ति - The Power Of Information

        

निलम्बित प्रधानन्यायाधीश जबराको बयान सकियो

 निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोग सिफारिस समिति समक्ष बयान सकिएको छ ।

सिंहदरबार परिसरमा साढें १२ बजे देखि जारी सिफारिस समितिको वैठकमा उपस्थित भएर राणाले बयान दिनुभएको हो । समितिले तयार पारेका ४२ वटा प्रश्न मध्ये राणाले अहिलेसम्म ११ वटा प्रश्नको मात्र जवाफ दिनुभएको थियो ।

आइतबार भने राणालाई सोध्ने प्रश्नहरु पहिल्यै एकैपटक सोधेर त्यसपछि एकोहोरो जवाफ मात्रै सुन्ने गरी बयान लिइएको थियो ।

राणाविरूद्ध २०७८ फागुन २१ गते ९८ सांसदले महाभियोग दर्ता गराएपछि उहाँ निलम्वनमा हुनुहुन्छ । समितिले राणासंग भदौ १५ गतेदेखि बयान लिन सुरु गरेको हो ।

बयानबारे छलफल गर्न समितिको अर्को बेठक आगामी २८ गते बुधबार बस्ने भएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतवार १८:५९