सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जको ‘काव्यगन्ज’ मा सुनिए डा. निरज

नेपालगन्जमा कवि डा. निरज भट्टराईको एकल कविता तथा गजल वाचन कार्यक्रम सम्पन्न भएको छ ।

मध्यपश्चिम स्रष्टा समाजले आयोजना गर्दै आएको कविता वाचनको कार्यक्रम कककाव्यगन्ज’मा कवि भट्टराईले आफ्ना चुनिएका कविता र गजल वाचन गरे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी, नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख, उपप्रमुख, चिकित्सक, उद्योगी, व्यवसायी, शिक्षक, विद्यार्थी एवं साहित्यकारहरुको ठूलो उपस्थितिमा कवि भट्टराईका कविता र गजल सुनिएका हुन् ।

नेपालगन्जमा साहित्यिक कार्यक्रममा यति वृहत सहभागिता भएको दुर्लभ घटना भएको कार्यक्रममा सहभागी लेखक एवं राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरले बताए ।

उनले निरजका शक्तिशाली कविता नेपालगन्जका सबै तप्का सुन्न पाउनु आफंैमा खुसीको कुरा भएको बताए ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतवार ०९:०२