सूचनाको शक्ति - The Power Of Information

        

चार्ल्स बेलायतका कस्ता राजा होलान् ?

चार्ल्स तृतीयलाई लन्डनस्थित सेन्ट जेम्स प्यालेसमा आयोजित एक विशेष समारोहमा राजा घोषणा गरिएको छ । राज्यारोहण समारोह पहिलोपटक टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।

महारानी एलिजाबेथ द्वितीयाको बिहीबार राति निधन भएपछि शनिबार चार्ल्स तृतीयलाई विधिवत् रूपमा राजा घोषणा गरिएको हो ।

साधारणतः यस्तो कार्यक्रम शासकको मृत्यु भएको २४ घन्टाभित्रै हुने भए पनि यो घोषण गर्न भने केही समय लागेको थियो ।

चार्ल्स तृतीयले उनी राजा घोषणा हुने औपचारिक समारोहलाई टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्न दिने निर्णय गरेसँगै एउटा नयाँ परम्परा स्थापना भएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतवार ०७:५७