सूचनाको शक्ति - The Power Of Information

        

बाढीले घर बगाउँदा दार्चुलामा एकै परिवारका चार बेपत्ता

फाइल तस्वीर

अविरल वर्षासँग आएका बाढीका कारण दार्चुला सदरमुकाम खलंगाको बंगाबगडमा एकै परिवारका चारजना सम्पर्कविहीन भएका छन् ।

बंगाबगड क्षेत्रका ११ वटा घर पूर्णरूपमा बगाएको दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए ।

त्यस्तै बाढीले लास्कु खोला र महाकाली नदीमा ठूलो बाढी आएको छ । टिंकर सडकमा पर्ने लास्कुखोला माथिको झोलंगे र मोटर पुल बगाएको छ ।

कटान नरोकिएको प्रहरीले जनाएको छ । मानिसहरू सबै रातिदेखि नै घरबाहिर निस्किएका छन् । रोकेर राखिएका केही यातायातका साधनसमेत बगाएको बताइएको छ ।

प्रहरी निरीक्षक मगरका अनुसार राति २ बजेदेखि नै उद्धार भइरहेको छ । घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

क्षतिको यकिन विवरण पनि संकलन भइरहेको प्रहरी निरीक्षक मगरले जानकारी दिए । नदीले कटान गर्ने क्रम नरोकिएकोले सतर्क रहन स्थानीयवासीलाई प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार ०८:२०