सूचनाको शक्ति - The Power Of Information

        

काेराेना सङ्क्रमणबाट थप २ जनाकाे ज्यान गयाे

कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको ज्यान गएको छ ।

योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १२ हजार १२ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी तीन हजार दुई सय ९४ जनाको नमुना परीक्षण गर्दा एक सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा एक सय ३३ जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा दुई हजार चार सय ४८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाउनेको विवरण भने प्राप्त नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार १९:०१