सूचनाको शक्ति - The Power Of Information

        

अस्मितालाई “जोबन दिने कि नदिने” भन्दै महेश (भिडियो)

गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको आवाजमा नयाँ गीत “जोबन दिने कि नदिने” रिलिज गरिएको छ ।

गायक काफ्लेकै शब्द र लय सिर्जनामा तयार पारिएको गीतलाई युट्युब च्यानल भिजुएल आर्ट्स स्टुडियोबाट रिलिज गरिएको हो । रिकेश गुरुङ “किज” ले गीतको संगीत संयोजन गरेका छन् ।

विवेक रसाइलीको कन्सेप्ट र निर्देशनमा बनेको भिडियोमा महेश र अस्मितालेनै अभिनय गरेका छन् । भिडियोमा रंग संयोजन अञ्जन लिम्बु , कोरीयोग्राफि प्रमोद के भण्डारी र छाँयाकन नवराज उप्रेतीको रहेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार ०८:५६