सूचनाको शक्ति - The Power Of Information

        

‘म निर्दोष छु केही दिनभित्रै देश फर्कन्छु’ : सन्दीप लामिछाने

बलात्कारको आरोप लागेका सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् ।

आज बिहान सामाजिक सञ्जालमार्फत उनले आफू निर्दोष रहेको र कानुनको सम्मान गरी केही दिनभित्रै देश फर्कने बताएका छन्।

उनले क्यारेबियन प्रिमियर लिग छोडेर नेपाल फर्कन लागेको जानकारी दिएका छन् । साथै आफूमाथिको आरोप सामना गर्न तयार रहेको उनले लेखेका छन् ।

नेपाल क्रिकेट सङ्घ क्यानले हिजो लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको टिमबाट निलम्बन गरेको छ ।

१७ वर्षकी नाबालिकलाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएर काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकाले क्यानको कार्यसम्पादन समितिले लामिछानेलाई कप्तान र टिमबाटै निलम्बन गरेको जनाएको छ ।

बलात्कारको आरोपमा जाहेरी दर्ता भएसँगै प्रहरीले लामिछाने विरुद्धका प्रमाण सङ्कलन सुरु गरेको छ । अहिले सन्दीप क्यारेबियन प्रिमियर लिगका लागि वेष्टइन्डिजमा रहेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार ०७:५२