सूचनाको शक्ति - The Power Of Information

        

सन्दिप लामिछानेविरुद्ध आज पक्राउ अनुमती आएन

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको छ ।

प्रहरी वृत गौशालाले बुधवार जिल्ला अदालत काठमाडौंमा पक्राउ अनुमतिका लागी पत्राचार गरेको हो । तर, अदालतबाट बुधवार पुर्जी जारी हुन सकेन् ।

अदालतको प्रक्रियाका कारण बुधवार पक्राउ अनुमती जारी नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए ।

‘आज पक्राउ अनुमती लिन भ्याइनएन’ जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृत भन्छन्–‘अदालती प्रक्रियाका कारण आज ढिला भयो ।’

आरोपी पक्राउ गर्न न्यायाधीशले पक्राउ अनुमती दिनुपर्छ । क्रिकेटर लामिछानेविरुद्ध १७ वर्षीया नाबालिगलाई काठमाडौं महानगरपालिका–९ एयरपोर्ट स्थित ‘काठमाडौं इन’ होटलमा लगेर बलात्कार गरेको जाहेरी दर्ता भएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार १९:२४