सूचनाको शक्ति - The Power Of Information

        

भदौ ३० देखि म्यादी प्रहरी भर्ना

म्यादी प्रहरी । फाइल तस्वीर ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भ.आगामी भदौ ३० गतेदेखि म्यादी प्रहरीको भर्ना खुल्ने भएको छ । निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुलाइने भएको हो ।

भर्ना प्रक्रियाका लागि गृह मन्त्रालयले म्यादी प्रहरी छनोट मापदण्ड स्वीकृत गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए ।

राईका अनुसार प्रहरी प्रधान कार्यालयले भदौ २६ मा म्यादी प्रहरी भर्नासम्बन्धी सूचना प्रकाशन गर्नेछ । र भदौ ३० देखि असोज ६ गतेसम्म भर्ना लिइनेछ ।

भर्ना भएकाले असोज ९ देखि १४ सम्म छनोट प्रक्रिया पूरा गर्नेछन् । अन्तिम नतिजा असोज २५ गते प्रकाशन गरिनेछ ।

छनोट प्रक्रियामा स्थानीय निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई प्राथमिकता दिइने प्रवक्ता राईले बताए । निर्वाचन सुरक्षाबारे पुराना म्यादीलाई थाहा हुने भएकाले पुराना म्यादीहरुलाई नै प्राथमिकता दिइने उनले बताए ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार ०८:५४