सूचनाको शक्ति - The Power Of Information

        

चीनको सिछुवानमा भूकम्पमा परी करिब ४८ जनाको मृत्यु

चीनको दक्षिण पश्चिम सिछुवान प्रान्तमा साेमबार दिउँसो गएको शक्तिशाली भूकम्पबाट करिब ४८ जना मानिसकाे मृत्यु भएको छ ।

६ दशमलव ६ रेक्टरस्केल मापन गरिएको भूकम्पबाट सिछुवानको राजधानी छङ्तु शहर सबै भन्दा बढी प्रभावित भएको हाे ।

गत सातादेखि पूर्ण लकडाउनमा रहेको सोही शहरमा घरहरु भत्किएका छन् । सडकहरुमा पनि धाँजा फाटेको छ । त्यस्तै अर्को ठूलो शहर छोङछिङ पनि भूकम्पबाट प्रभावित बनेको छ ।

कोभिड संक्रमणका कारण मानिसहरुलाई घर बाहिर निस्कन भने दिइएको छैन् । भूकम्पबाट पहाडी क्षेत्रमा ठूलो पहिरो गएको र सडकहरु भासिएको जनाइएको छ ।

सञ्चार सञ्जाल पनि विथोलिएको छ । भूकम्पको केन्द्र बिन्दु छङ्तुबाट २ सय २६ किलोमिटर पर लुतिङ पहाडी क्षेत्रमा रहेको जनाइएको छ ।

भूकम्प जमिनको सतह भन्दा १० किलोमिटर तलबाट गएको पनि जनाइएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलवार ०८:२१