सूचनाको शक्ति - The Power Of Information

        

भारतीय स्थल सेनाध्यक्षले आज प्रधानमन्त्रीलाई भेट्दै

नेपाल भ्रमणमा रहनु भएका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले आज मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्दै हुनुहुन्छ ।

भारतीय स्थल सेनाध्यक्ष पाण्डेले दिउँसो ३ बजे प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

त्यसअघि मंगलबार बिहान उहाँले माउन्टेन फ्लाइट गर्नुभएको छ भने शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

साँझ उहाँँ पशुपतिनाथको दर्शनमा जानु हुनेछ । भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुभएको थियो ।

भारतीय स्थल सेनाध्यक्ष पाण्डेले भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई ‘माइन प्रोटेक्टिभ’ सवारीसँगै केही स्वास्थ्य सामग्री र घोडा हस्तान्तरण गर्नुभएको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलवार ०८:१६