सूचनाको शक्ति - The Power Of Information

        

पर्यटनमन्त्रीलाई लाइन बस्न लगाउने सुरक्षाकर्मी पक्राउ

भिसाका लागि औँठाछाप दिन काठमाडौंको ठमेलस्थित छायाँ सेन्टर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री जीवनराम श्रेष्ठलाई लाइन मिच्न नदिने सुरक्षाकर्मी पक्राउ परेका छन् ।

मन्त्री श्रेष्ठलाई लाइन नमिचिदिन अनुरोध गर्दा सुरक्षाकर्मी शेरजंग गुरुङ पक्राउ परेका हुन् । गुरुङको सोही व्यवहारका कारण उनलाई नियन्त्रणमा लिइएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले बताए ।

मन्त्री सचिवालयका अनुसार मन्त्री श्रेष्ठ पहिले नै खबर गरेर छायाँ सेन्टर पुगेका थिए । मन्त्री हुनुहुन्छ भन्दाभन्दै गुरुङले जो भए पनि लाइनमा बस्नुपर्छ भनेपछि विवाद उत्पन्न भएको थियो । त्यसपछि उनलाई पक्राउ गरिएको हो । गुरुङलाई अभद्र व्यवहारमा मुद्धा चलाउने तयारी छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतवार १८:१४