सूचनाको शक्ति - The Power Of Information

        

देशभर २०६ जनामा कोरोना सङ्क्रमण, तीन जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २०६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल दुई हजार ८६९ जनाको कोरोना परीक्षण गर्दा २०६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

एक हजार ५९५ जनाको पीसीआर परीक्षण गर्दा १३४ र एक हजार २७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३९८ जना सङ्क्रमणमुक्त भएका छन् भने सो समयमा तीनजना सङ्क्रमितको मृत्यु भएको छ । त्यस्तै, हाल मुलुकमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ८९१ रहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार १७:०७