सूचनाको शक्ति - The Power Of Information

        

प्रचण्डको सुर्खेत आउने कार्यक्रम स्थगित

पूर्व निर्धारित कार्यक्रम अनुसार कर्णाली प्रदेशको बैठकमा सहभागी हुन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत आउने कार्यक्रम स्थगित भएको छ ।

प्रचण्ड भोलि एक घण्टाको समय भए पनि समय मिलाएर सुर्खेत आउने विषयमा कुरा भएको नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।

कर्णाली प्रदेशको बैठक भने निरन्तर हुने मल्लले जानकारी दिए । १० जिल्लाका जनप्रतिनिधि, केन्द्रीय सदस्य, जनबर्गीय संगठनका केन्द्रीय सदस्य, प्रदेश सदस्य लगायतलाई सुर्खेत आज हुने बैठकमा सहभागी हुन सकुलर गरिएको थियो ।

उक्त कार्यक्रममा उपहासचिव शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा भने सहभागी हुने छन् । आजको बैठकमा कर्णालीमा माओवादीले चुनावमा गरेको भित्री आकलनदेखि १० जिल्लाको रिर्पोटिङ गर्ने कार्यक्रम रहेको छ ।

चुनावको मुखैमा मन्त्री फेरवदलले माओवादी वृतमा ठुलो हचचल ल्याएको छ । श्रीमतीलाई मन्त्री बनाउने चर्चादेखि टिकट वितरणमा आफन्तबाद लागू हुन सक्नेसम्मको चर्चा बढिरहेको छ ।

हिजो मात्र नेकपा एकीकृत समाजवादी का समानीत नेता झलनाथ खनाल सुर्खेत आएर पार्टीको प्रशिक्षणमा भाग लिएका थिए । चुनाव नजिकिदै गर्दा कर्णाालीमा राजनीतिक सहगर्मी बढिरहेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार ०९:३६