पाँच दलीय सत्तागठबन्धनको बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा आज पनि छलफल हुने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटरमा गठबन्धनको कार्यदलसहित बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा सिट बाँडफाँटबारेमा गम्भीररुपमा छलफल भए पनि बिहीबार कुनै निष्कर्षमा पुग्न नसकिएपछि आज पुनः बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्ने राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए ।
गठबन्धन बैठकमा नेपाली कांग्रेसले १००, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए । सो विषयमा सहमतिका लागि शीर्ष नेतासहितको बैठकमा नियमित छलफल हुँदै आएको छ ।
सत्यपाटी । काठमाडौं ।