सूचनाको शक्ति - The Power Of Information

        

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँके प्रहरीले लागुऔषध मुद्दामा फरार एकजना प्रतिवादीलाई पक्राउ गरेको छ ।

लागुऔषध मुद्दामा जिल्ला अदालत बाँकेबाट दोषी भइ फरार कोहलपुर नगरपालिका–१४ निवासी २७ वर्षीय भरत दरैलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

दरैलाई जिल्ला अदालतले गएको असोज ४ गते ३ महिना १२ दिन कैद र पाँच सय रुपैयाँ जरिवाना फैसला गरेको थियो ।

पक्राउ परेका दरैलाई थप कारवाहीका लागि आइतवार जिल्ला अदालतमा बुझाइएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतवार १७:४३