सूचनाको शक्ति - The Power Of Information

        

आजको राशिफल : मेषलाई समस्या, सिंहलाई हौसला

२०७९ भाद्र ११ गते, शनिवार, २७ अगस्ट २०२२ । भाद्र कृष्णपक्ष औंसी तिथि, १३ः१३ बजेदेखि शुक्लपक्ष प्रतिपदा । मघा नक्षत्र । चन्द्रराशि– सिंह ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । समयतालिका नमिल्दा योजना अधुरै रहनेछ । हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान् । स्वास्थ्य–चिन्ताले सताउन सक्छ । अध्ययनमा कमजोरी अनुभूति हुनेछ भने व्यर्थैमा अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अनावश्यक हल्लाको पछि लाग्दा दुःख पाइनेछ । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला । बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउनेछ । साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन् । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन् ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल प्राप्त हुनेछ । विशेष उपहार हातलागी होला । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

समयमा आफ्नो हक दाबी गर्न नसक्दा कम मात्र लाभांश प्राप्त हुनेछ । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला । धेरै मिहिनेतले मात्र चिताएको काम बन्नेछ । बोलीको प्रभाव कमजोर रहनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

केही अवसर जुट्नेछ तर आलस्य गर्ने बानीले काम अधुरो रहन सक्छ । पछिका लागि जग बसाउने समय छ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन् । बिछोडिएका आफन्तसँग भेटघाट होला । पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । छोटो समयमा पनि केही प्रतिफल पाइनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला । सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ । उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ । आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्नेछ । खर्च लागे पनि समाजसेवा गर्ने अवसर प्राप्त हुनेछ । यात्रा गर्न हतार नगर्नुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

काम रोकिए पनि उठ्नुपर्ने रकम प्राप्त हुनेछ । उद्योग र व्यापारमा पनि सामान्य फाइदा हुनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त प्राप्त हुनेछ । तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । आकस्मिक समस्याले सञ्चित रकम खर्च गराउन सक्छ । तत्कालका आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । मिहिनेत गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । कीर्तिमानी काम गर्ने समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । सामाजिक दायित्व बढ्नेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

जिम्मेवारी आए पनि उपलब्धिका लागि केही समय लाग्नेछ । अस्वस्थताले काममा जुट्न नसकिएला । सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । मेहनतअनुसार कम मात्र फल प्राप्त हुनेछ । फाइदा नहुने काममा लामो समयसम्म अलमलिनुपर्ने देखिन्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । लगानीमा जोखिम बढ्ने समय छ । गोपनीयता बाहिरिन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । श्रम परे पनि मिहिनेतको उचित मूल्य प्राप्त नहोला । प्रतीक्षित नतिजा कमजोर देखिनाले पछिका लागि काम दोहोर्याउनुपर्ने हुन सक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

परिस्थिति प्रतिकूल रहे पनि मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । काममा साथीभाइबाट सहयोग मिल्नेछ । स्वास्थ्य भने अलि कमजोर रहला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

काम बन्नुका साथै भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । लगनशीलताले नयाँ काम गर्ने अवसर दिलाउनेछ । बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन् । पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार ०८:००