दाङको कृत्रिम तालमा डुबेर बेपत्ता भएका युवाको शव तीन दिनपछि भेटिएको छ ।
दाङको घोराही उपमहानगरपालिका कर्जाहीमा रहेको कृृत्रिम जलासयमा घोङ्घी खोज्न गएका घोराही उपमहानगरपालिका–१७ का ४० वर्षीय अम्मर चौधरीको शव बुधबार भेटिएको हो ।
सोमबार घोङ्घी टिप्न जलाशयमा डुबेका चौधरी बेपत्ता भएपछि घरपरिवार, छिमेकीले प्रहरीलाई खबर गरेका थिए । सशस्त्र प्रहरी बल भालुवाङबाट खटिएको टोलीले बुधबार शव भेला पारेको हो ।
विपद् व्यवस्थापन सम्बन्धि तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा शव भेटिएको सशस्त्र प्रहरी बल २९ नम्बर हेडक्वाटरका एसपी विनोद केसीले जानकारी दिए । पोस्टमार्टमपछि शव परिवारको जिम्मा लगाइने प्रहरीले बताएको छ ।
सत्यपाटी । दाङ ।