सूचनाको शक्ति - The Power Of Information

        

थप ६ सय ३४ जनामा काेराेना सङ्क्रमण

पछिल्लो २४ घण्टामा ६ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय ४९ जनाको नमुना परीक्षण गर्दा १२ दशमलव ८१ प्रतिशत अर्थात् ६ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा एक जनाको ज्यान गएको छ । थप चार सय १७ जना सङ्क्रमित निको भएका छन् ।

अहिले नेपालमा चार हजार दुई सय २१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १६ हजार ६ सय ३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलवार १७:३१