इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र न्युकासल युनाइटेडले ३–३ गोलको बराबरी खेलेका छन् ।
आइतबार राति न्युकासल युनाइटेडको मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीका इके गुन्डोगानले पहिलो गोल गरेका हुन् ।
यसपछि न्युकासलका अल्मीरन, विल्सन र ट्रिपियरले १–१ गोल गरेपछि ५४ औं मिनेटमा म्याान्चेस्टर सिटी ३–१ ले पछि परेकाे हाे ।
म्यान्चेस्टर सिटीको लागि ६० औं मिनेटमा अर्लीङ ब्रट हाल्याण्ड र ६४ औं मिनेटमा बर्नार्डो सिल्भाले २ गोल फर्काएपछि खेल ३–३ गोलको बराबरीमा पुगेको हो ।
यो बराबरीसँगै म्यान सिटीले प्रिमियर लिगको शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । प्रिमियर लिगकै अर्को खेलमा आइतबार राति लिड्स युनाइटेडले चेल्सीलाई ३–० ले हराएकाे हाे ।
लिड्सको जितमा आरोनसन, रोड्रिगो र ह्यारिसनले १–१ गोल गरेका हुन् । यो हारसँगै चेल्सीलाई नयाँ सिजनको प्रिमियर लिगमा सुरुवाती झड्का लागेको छ ।
आइतबार राति भएको अर्को खेलमा ब्राइटनले वेष्ट ह्याम युनाटेडलाई २–० ले पराजित गरेकाे हाे ।
इंग्लिस प्रिमियर लिगमा आज साेमबार राति लिभरपुल र म्यान्चेस्टर युनाइटेड भिड्ने भएका छन् ।
सत्यपाटी । काठमाडौँ ।