सूचनाको शक्ति - The Power Of Information

        

बढैयातालमा नदीमा डुबेर २ बालकको ज्यान गयो

बर्दियाको बढैयाताल गाउँपालिकास्थित मान नदीमा नुहाउने क्रममा दुई बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बढैयाताल गाउँपालिका–४ का १२ वर्षीय आयुश तिरुवा र १३ वर्षीय गौरव भुजेल रहेको प्रहरीले जनाएको छ ।

बाँके र बर्दियाको सीमानामा रहेको सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा दुई बालकको शव नदीबाट निकालिएको हो ।

मानखोलामा डुबेर बेपत्ता हुनासाथ खोजी गरिएको थियो । तिरुवाको घटनास्थलमा र भुजेलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार १८:१७