सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी ग्रीनकार्ड त्यागेर प्रदेश सांसदमा उम्मेदवारी घोषणा

बाँके क्षेत्र नं. २ बाट दिवाकर खनालले उम्मेदवारी घोषणा गरेका छन् । खनालले नेपालगन्ज समेटिएको क्षेत्र नं. २ बाट उम्मेदवारी घोषणा गरेका हुन् ।

हिन्दु राष्ट्र बनाउने मुख्य एजेन्डासहित खनालले बिहीबार पत्रकार सम्मेलन गरेर स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । २०५४ सालको संसदीय निर्वाचनमा खनाल झिनो मताअन्तरले पराजित भएका थिए ।

सशस्त्र द्वन्द्वमा तत्कालीन माओवादीले आठ वटा गोली हानेपछि गम्भीर घाइते भएका खनालको अमेरिकामा उपचार भएको थियो । लगातार १४ वर्ष अमेरिका बसेर आएका खनालले अमेरिकी ग्रीनकार्ड त्यागेका छन् ।

हिन्दु राष्ट्र बनाउन र देशको सेवा गर्नका लागि आफूले अमेरिका कार्ड त्यागेको खनालको भनाइ छ । स्वतन्त्रबाटै क्षेत्र नं. २ ‘क’ मा राजकुमार रौनियारले उम्मेदवारी घोषणा गरेका छन् । शिव सेनाका अगुवा मानिने खनाल र रौनियारले एउटै मञ्चबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार १३:४२