सूचनाको शक्ति - The Power Of Information

        

छुट्टाछुट्टै घटनामा बाँकेमा दुई जनाको मृत्यु

बाँकेमा छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकामा एक जनाको मृत्यु भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका–१० स्थित आरम्भ पुनःस्थापना सुधार केन्द्रमा बढैयाताल गाउँपालिका–८ का ५२ वर्षीय रमेश अधिकारीको मृत्यु भएको हो ।

सुधार केन्द्रमा उनलाई असहज भएपछि अस्पताल लैजाँदै गर्दा बाटोमै अधिकारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

उनी एक साताअघि मात्रै उक्त सुधार केन्द्रमा आएका थिए । अधिकारीको मृत्युका विषयमा अनुसन्धान अघि बढाएको उनले बताए ।

त्यस्तै कोहलपुर–७ स्थित जङ्गलमा आज एक बालकको शव फेला परेको छ । कोहलपुर–१४ का अन्दाजी १६ वर्षीय बालकको शव फेला परेको प्रहरी नायव उपरीक्षक घर्तीले जानकारी दिए ।

उनको शरीर र टाउकोमा चोट छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानको क्रममा शङ्कास्पद एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार १६:२०