सूचनाको शक्ति - The Power Of Information

        

अबको एक/दुई दिन लगातार झरी नपरे पनि पानी पर्ने क्रम बढ्ने

आज प्रदेश १ र वाग्मतीसहित अन्य प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

मनसुनी प्रणाली बिस्तारै सक्रिय भएकाले अबको एक दुई दिन पानी पर्ने क्रम बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

लगातार झरी नपरे पनि पानी पर्ने क्रम बढ्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आज राति गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

आज भन्दा भोलि अझ धेरै पानी पर्ने उहाँले बताउनुभयो । भोलि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम तथा लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार ०८:५१