सूचनाको शक्ति - The Power Of Information

        

दुखद खबर

बाँकेकाे नेपालगन्जमा आमासहित जुम्ल्याहा शिशुको मृत्यु

छानबिनको माग

उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पताल पुगेकी गर्भवतीसहित जुम्ल्याहा शिशुको मृत्यु गएको छ । अस्पतालका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया नाधिया खातुनको मृत्यु भएको हो ।

चिकित्सकले खातुनको पेट शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालेका थिए । शल्यक्रिया गरेको केहीबेरमै सोमबार दिउँसो ३ बजेतिर आमा र जुम्ल्याहा शिशुको मृत्यु भएको हो ।

३२ साताकी गर्भवती आमासँगै जुम्ल्याहा शिशुको पनि ज्यान जाँदा आफन्तजन उत्तेजित हुन पुगेका थिए । उच्च रक्तचापले आत्तिएर अघिल्लो रात अस्पताल पुगेकी २२ वर्षीया महिलाको मृत्यु भएपछि शोकाकुल परिवार र आफन्तले तनाव सिर्जना भएको थियो ।

उनीहरुले चिकित्सकको लापरबाहीले उनको र शिशुको ज्यान गएको भन्दै छानबिनको माग गरेका हुन् ।

अस्पताल चिकित्सकले महिलाको पेटमा शल्यक्रिया गरेर जुम्ल्याहा शिशु निकालेका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलवार ०९:२२