भारतले आज (साेमबार) स्वतन्त्रताको हिरक उत्सव मनाईरहेको छ ।
बेलायती उपनिवेशबाट मुक्त भएको ७५ वर्ष पूरा भएकाे उपलक्ष्यमा भारतभर आजको दिनलाई ठूलो उत्सवको रुपमा मनाईएकाे छ ।
स्वतन्त्रता दिवस मनाउन भारतभर आज कडा सुरक्षा ब्यवस्था मिलाईएको छ भने नयाँ दिल्लीस्थित लालकिल्लामा विशेष समारोह आयोजना हुने भएकाे छ ।
हर-घर तिरङ्गाको नारासहित भारतले स्वतन्त्रताको ७६औं वर्षगाँठ मनाएकाे छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लालकिल्लामा हुने विशेष समारोहमा झण्डोत्तलन गरी सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।
लालकिल्ला वरपरको पाँच किलोमिटर क्षेत्रमा चङ्गा उडाउन पनि रोक लगाईएको छ । सडकमा हिंड्नेहरुलाई कारको साँचो बोक्न समेत बन्देज लगाइएको छ ।
भारत सन् १९४७ अगस्ट १५ मा बेलायती उपनिवेशबाट मुक्त भएको थियो ।
सत्यपाटी । काठमाडौँ ।