सूचनाको शक्ति - The Power Of Information

        

कटहरसँग यस्ता खानेकुरा नखानुहोस्

१. मेवा

कटहर खाएलगत्तै मेवा खानु हुँदैन । किनभने कटहर खाएपछि मेवा खाँदा शरीर सुन्निने समस्या देखिन सक्छ । त्यसैले यो नखाँदा नै राम्रो ।

२. दुध

कटहर खाएपछि तुरुन्तै दुध पनि खानु हुँदैन । कटहर खाएपछि दूध पिउनाले दुबीलगायतका अन्य समस्या पनि देखिन सक्छ । तसर्थ, कटहर खाएलगत्तै दुध खानु हुँदैन।

३. भिन्डी

यस्तै, कटहर र भिन्डी पनि एकैपटक खानु हुँदैन । कटहर खाएपछि भिन्डी खाँदा पेट दुख्ने, कब्जियत जस्ता समस्या हुन सक्छ । तसर्थ, कटहर खाइसकेपछि तुरुन्तै भिन्डी खानबाट जोगिनुपर्छ ।

४. पान

कटहर खाएलगत्तै पान पनि नखानुहोस् । कटहर खाएपछि पान खाँदा स्वास्थ्यमा हानी पुग्न सक्छ । त्यसैले यस्ता चिजहरुबाट टाढै बस्दा राम्रो ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार ०८:५७