सूचनाको शक्ति - The Power Of Information

        

चिनीको भन्सार मूल्य ३० प्रतिशत कायम गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं ।चिनी उद्यागलाई प्रोत्साहन गर्न सरकारले भन्सार मुल्य ३० प्रतिशतले वृद्धि गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चिनीको भन्सार मूल्य ३० प्रतिशत कायम गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए ।

हाल चिनीको १५ प्रतिशत मूल्य कायम रहेको छ । अब तुरुन्तै नया मुल्य लागु हुने उनले बताए । सरकारले प्रति क्वीन्टल उखुको पाँच रुपैयाँ ५६ पैसाका दरले वृद्धि गरेको छ । हाल उखु प्रति क्वीन्टल ५३१ रुपैयाँम बिक्री हुँदै आएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७५, बुधबार ०१:११