सूचनाको शक्ति - The Power Of Information

        

चर्चित लेखक सलमानको अवस्था नाजकु

विश्व चर्चित लेखक सलमान रुस्दीलाई छुरा प्रहार गर्ने व्यक्तिविरुद्ध हत्या प्रयासको अभियोगमा मुद्दा चलाइको छ।

न्यायाधिवक्ताको कार्यालयलले न्यूजर्सीका २४ वर्षीय हादी माटरविरुद्ध हत्या प्रयासको अभियोगमा मुद्दा चलाएको हो । न्यूयोर्क राज्यको एक साहित्यिक कार्यक्रममा छुरा प्रहारपछि घाइते भएका लेखक सलमानको अहिले भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको छ ।

सन् १९८८ मा प्रकाशित ‘द स्याटानिक भर्सेज’ नामक कृतिले मुस्लिम समुदायको अपमान गरेको आरोप लगाउँदै तत्कालीन इरानी सर्वोच्च नेता आयातोल्ला रूहोल्ला खोमेनीले फतवा जारी गरी हत्या गर्ने आदेश दिएका थिए । आफूमाथि आक्रमण हुन सक्ने त्रासका कारण वर्षौंसम्म ‘भूमिगत’ जीवन बिताउँदै आएका लेखक सलमान र उनका सहयोगीमाथि न्यूयोर्कमा आक्रमण भएको थियो ।

आक्रमण पश्चात हेलिकोप्टर मार्फत अस्पताल लगेर आकस्मिक शल्यक्रिया गरिएको छ । लेखक सलमानको उपचारमा संलग्न चिकित्सकका अनुसार लेखक सलमान अहिले बोल्न सक्ने अवस्थामा छैनन् र उनको एउटा आँखाको ज्योति गुम्न सक्ने देखिएको छ । लेखक सलमानकोे पाखुराका नसाहरू काटिएका छन् भने छुरा प्रहारका कारण कलेजोमा गम्भीर चोट लागेको छ ।

आक्रमणकारी रुस्दी बसेको मञ्चमा पुगी पटक–पटक र निर्मम तरिकाले छुरा प्रहार गरेका थिए । स्टेजमा लेखक सलमानको अन्तर्वार्ता लिइरहेका ७३ वर्षीय राल्फ हेनरी रिजको अनुहारमा पनि चोट लागेको थियो । तर, उनलाई सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

न्यूयोर्क राज्यको प्रहरीले आक्रमणकारी न्यूजर्सीको फेयरफिल्डका २४ वर्षीय हादी माटर भएको जनाएको छ । तर माटरले भने अदालतमा उपस्थित हुँदा आफूले आक्रमण नगरेको बयान दिएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतवार ०८:३०